यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा पहिलो पटक २०४२ सालमा बिजुली बल्दा स्थानीय हर्सित भएका थिए । पाँचथर जिल्लामै पहिलो पटक बिधुतिकरण भएको कुम्मायक गाउँपालिमा अहिले दिनहुँजसो बिधुत अनियमित हुदा उपभोत्ताहरु मारमा पर्दै आएका छन ।

फिदिम साना जलबिधुत परियोजना अन्तरर्गत ११ केभिए बिधुत प्रसारण लाईनबाट बिधुत बालिरहेका स्थानीय उपभोक्ताहरु बिधुत आउँने जाने टुङगो नहुदा निराश छन । फिदिम यासोक खण्डको ३६ किलोमिटर क्षेत्रमा भौगोलिक बिकटता र जङ्गल क्षेत्र भएकाले बिधुतको समस्या पत्ता लगाउन धेरैसमय लाग्ने गरेको यासोक बिधुत शाखाका खेम निरौलाले बताए । फिदिम यासोक ११ केभिए प्रसारण लाईन अन्तरर्गत फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको नवमीडाडाँ क्षेत्रमा ९० प्रतिशत बिधुतिय समस्या आउँने गरेको उनको भनाई छ ।

सदरमुकाम छेउमै समस्या आउँदा समेत बिधुत प्राधिकरणले कुनै पनि चासो नदिएका कारण यस्तो समस्या पटक पटक दोहोरीने गरेको छ । सदरमुकाम नजिकैको सीवा, लुम्फाबुङ र नवमीडाँडाँका बस्तीहरुमा बिधुत हेर्ने कुनै पनि प्राबिधिक नराखेकै कारण लामो समयसम्म बिधुत अबरुद्ध हुने गर्दछ, जस्को मर्मत यासोकले गर्नुपर्छ उनिभन्छन् ।

११ केभिएको बिधुतबाट फिदिम नगरपालिका स्थीत सीवा, लुम्फाबुङका वडा र फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडाँका स्थानीय बस्तीहरुमा बिधुत बितरण गरेकै कारण अधिकाम्स समस्या सोही क्षेत्रमा हुने गर्दछ । यसमा सम्बन्धित निकायले ध्यान नदिएसम्म यस्तो समस्या कायमै हुन्छ, निरौला भने ।

पटक पटक बिधुत अबरुद्ध हुदा ईमेल, ईन्टरनेट उधोग ब्यवसाय समेत ठप्प हुने गरेको यासोक बजारका फर्निचर उधोग संचालक लालबहादुर सम्बाहाम्फे बताए । दैनिक ब्यवसाय गरेर बिहान बेलुकाको गुजारा चलाउँदै आएका ब्यवसायीहरु बिधुत अबरुद्ध हुदा समस्यामा पर्ने गरेको सम्बाहाम्फे बताउछन ।

फिदिम–यासोक ११ केभिए बिधुत प्रसारण लाईनबाट २ हजार घरधुरीले बिधुत सेवा उपभोग गर्दै आएका छन । गाउँपालिकामा तमोर लिफ्ट खानेपानी योजना संचालन भईरहेकाले ३३ केभिए बिधुत आवश्यक हुने प्राबिधिकहरुको भनाई छ । पानी पर्दा र चर्को घामलाग्दा समेत बिधुत अबरुद्ध हुदा समेत सम्बन्धित निकायको ध्यान नदिएको प्रति स्थानीयहरुले गुनासो गर्दै आएका छन ।