पथरी । पथरीशनिश्चरे नपा ७ मा निर्मित सोमबारे हुदै उर्लाबारी जोड्ने सडमा पर्ने पथरी खोलाको पक्की पुल नगरकै नमुना भएका छन् । आर्थिक बर्ष २०७४/०७५ को लागी वडा नं. ७ बाट विनियोजित बजेट मार्फत पथरी खोलामा पक्की पुल निमार्ण सम्मपन्न भएपछि वडाध्यक्ष कपिलमणी ढकालले नगरकै नमुना पुल भएको दावी गरेको हो । उनका अनुुसार पथरीशनिश्चरे नगरबाट आर्थिक बर्ष २०७४/०७५ मा धेरै पुलमा रकम विनियोजित भएको थियो त्यसमध्ये सवै भन्दा उत्कृष्ट पुल निमार्ण गरिएको वडाध्यक्ष ढकालले बताए । वडाकार्यालयबाट ३५ लाख र जनश्रमदानबाट ५७ हजार ४सय ८१ गरी जम्मा ३५ लाख ५७ हजार ४सय ८१ म निमार्ण गरिएको हो । पुलको लम्बाई ४५ फुट, चौडाई १८ फुट र उच्चाई ८ फुट रहेको निमार्ण समितिका अध्यक्ष बिष्णुकुमार धिमालले बताए । आदिवासीहरुको बहुल्य रहेको सो क्षेत्रमा पुल बनेपछि आवतजावतमा सहज बनेका छन् ।