मधुमल्ला । उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदको उम्मेद्वार बनेका बर्तमान अध्यक्ष समेत रहेका चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानीय हाम्रो साकोसको सभाहलमा आयोजित उम्मेद्वार घोषणा कार्यक्रममा बर्तमान अध्यक्ष भट्टराई संघको भदौ ९ गते हुने ३० औँ चुनावी साधारणसभामा पुन: अध्यक्ष पदमा उम्मेद्वार दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी र राप्रपा समिर्थत उद्योगी एवम् व्यापारीहरुको तर्फबाट भट्टराई अध्यक्षमा उठेका हुन् । आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले बिगतको निर्वाचनमा घोषणा गरिएका प्रतिबद्धताहरु आफु निर्वा्चित भएपछि ८० प्रतिशत बढी पुरा गरेको बताए । संघमा आफ्नो पक्षमा बहुमत नहुँदा केही कामहरु गर्न नसकेको बताउदै उनले अबको कार्यकालमा सबै प्रतिबद्धता पुरा गर्ने बताए।