जेठ ३१ गते विराटनगर अस्पताल अगाडी खुलेको महाकाल फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको आरोपमा संचालक पक्राउ परे ।
त्यसको दुई महिना बित्न नपाउदै पुन बिहीबार उपचार गर्न आएको विरामीलाई ठगि गरेको आरोपमा गोल्डेन फार्मेसीका सञ्जय चौधरी मोरङ प्रहरीको फन्दामा छन् ।
विराटनगर । माथिको यी प्रतिनिधिमुलक घटनाले औषधी फार्मेलीले खुलेआम विरामी ठगि गरेको पुष्टि गर्दछ । यसरी नै उपचार गर्न आएको एक जना विरामीलाई विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन फार्मेलीले खुलेआम ठगि गरेको पाइएको छ ।
सहरको गल्ली नै पिच्छे खुलेको औषधी पसलमा नियमककारी निकायमले समय–सयममा अनुगमन नगर्दा विराटनगरको फार्मेसीहरुबाट विरामी ठगि गरेको घटना मौलाएको हो ।
उदयपुर कटारी नगरपालिका–१४ घुर्मीका संगीता श्रेष्ठ विरामी भएर उपचार गर्न विराटनगर आउँदा गोल्डेन फार्मेसीबाट ठगिएकी छिन् । उनको टाउँमा सर्पले टोकेपछि संगीता उपचारको लागि विराटनगरको कोशी अञ्चल अस्पता आएकी थइन् । कोशीमा उपचार सम्भव नभएपछि उनी अञ्चल अस्पतालकै छेमा रहेको गोल्डेन हस्पिटल पुगेकी थिइन् ।
आफु ठगिएको थाहा पाएपछि आफान्त र उपभोक्ताबासी संस्था पब्लिक फोरमको अध्यक्ष उत्तम ढुङ्गगेलको सहयोगमा प्रहरीलाई खबर गरिन र विरामीलाई ठगि गर्ने सुनसरी दुहबी ९ का २१ वर्षिय सन्जय चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
ठगि गरिएको आरोपमा पक्राउ परेका चौधरीलाई मोरङ प्रहरीले सार्वजानिक मुद्दा चलाउने भएको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । फार्मेसीले श्रेष्ठ परिवारलाई १६ हजारको बिल थमाएको थियो । अन्य फार्मेसीमा ‘भेन्ट्रीलेटर सर्कीट’ नामको औषधी ४ हजार रुपैयाँ पर्नेमा गोल्डेन फार्मेशीले ६ हजार रुपैयाँ लिएको पाइएको थियो ।
गत शनिबार टाउकोमा करेट सर्पले टोकेपछि चुडामणिले छोरी संगितालाई कोशी अञ्चल अस्पताल ल्याएका थिए । डिस्चार्ज हुनेबेलामा उनलाई औषधिको बिल आवश्यकता भन्दा बढी फार्मेसीले थमाइएपछि आफु ढगिएको संगीताको बुवा चुणामणिले बताए ।
यस अघि विराटनगर अस्पताल अगाडी खुलेको महाकाल फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको पाइएको थियो । अस्पताल अगाडी खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारकालागि ६४ हजार बरावरको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाको बिल बनाएको पाइएको थियो प्रहरीलाई विरामीका आफन्तले खबर गरेपछि सञ्चालक मध्येका एक आषिशकुमार परियारलाई प्रहरीले सार्वजनिक अपराध मुद्धा दायर गरेको थियो ।
ठगि गरेको आरोपमा पक्राउ परेका चौधरीलाई प्रहरी कार्यालय लादै प्रहरी ।
ठगि गरिएको पसल ।