धनकुटा । धनकुटामा विगत तीन वर्षको अवधि मध्ये यस वर्ष सबैभन्दा बढि प्रतिशत मुद्धा फछ्र्यौट भएको छ । अदालतले विहिरवा जारी गरेको तीन वर्षे तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ८६ दशमलव ७० प्रतिशत मुद्धा फछ्र्यौट भएको जिल्ला न्यायाधिश विनोदकुमार पोखरेलले जानकारी दिए । उक्त अवधिमा २ सय ७९ नया“ दर्ता तथा जिम्मेवारी सरेको १ सय ४२ गरी कुल ४ सय २१ मुद्धा मध्ये ५६ मुद्धा मात्र फछ्र्यौट हुन बाँकि रहेको पोखरेलले बताए । आव ०७३/०७४ मा ६४ दशमलव १४ प्रतिशत प्रगति भएको छ । यस्तै ०७२/०७३ मा ७४ दशमलव १ रहेको जनाईएको छ । अदालतमा १८ महिना नाघेको २ मुद्धा रहेको छ । फछ्र्यौट भएका मुद्धा मध्ये सबैभन्दा बढि सम्बन्ध विच्छेद रहेको छ । गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ९४ फछर्यौट भएका छन् भने मुद्धा छिन्न बा“कि २२ रहेको जनाईएको छ । यसैगरी ७४ अंश, ६१ जग्गा सम्बन्धि, २० मानाचामल र १५ जबरजस्ती करणी मुद्धा दर्ता भएका थिए । यसैक्रममा पछिल्लो समय अदालतमा अंश समेत नलिई सम्बन्ध विच्छेद गराउने क्रम उल्लेखनिय रुपमा बढ्दै गएको छ । धनकुटा जिल्ला अदालतमा विगत एक वर्षको अवधिमा १ सय १६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।