धरान । धरान कलेज अफ म्यानेजमेन्टले विद्यार्थीहरूलाई वर्कसप गराएको छ । कलेजका छैठौँ र चौँथो सेमेष्टरका विद्यार्थीलाई वर्कसप अन इन्टरप्रेनियरसिप डेभलपमेन्ट र कम्युनिकेशन स्किल डेभलपमेन्ट गराएको हो । कलेज व्यवस्थापन समितिका अध्यक्ष लड्डुप्रसाद शाहीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे कलेजका प्रिन्सिपल प्राध्यापक ताराबहादुर निरौलाले प्रकाश पारे । विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रमले टेवा पु¥याउने उनले बताए । कार्यक्रमको सहजीकरण किङ्स कलेज काठमाडौंका उमेश श्रेष्ठ, किङ्स कलेजकै अभिसेक मास्के र रौनक चौधरीले गरे ।