इटहरी । यही साउन ७ गते दुहबी–१ की १० वर्षीया एक बालिकालाई स्थानीय एक युवाले जबर्जस्ती करणी प्रयास गरेका छन् । ३० वर्षीय विवाहित सुभान मियाँले बालिका सुतेको ठाउँमै करणीको प्रयास गरेका हुन् । पीडित परिवारले बिहीबार सुभानविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेका छन् । हाल सुभान फरार भएका छन् । ‘घटना भएकै रातिदेखि सुभान फरार भएको सूचना थियो । अब मुद्दा दर्ता भएकाले खोजी कार्य तीव्र पारेका छौं’ –इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर रामनारायण माझीले भने ।