धरान । नेरुडे लघुवित्तले युके एडसँगको सहकार्यमा ‘ट्याब्लेट बैङ्किङ’ सेवा शुभारम्भ गरेको छ । बिहीबारबाट धरान शाखाबाट ट्याब्लेट बैङ्किङ शुरू भएको हो । २९ जिल्लामा ७९ शाखा–उपशाखा रहेको लघुवित्तले पहिलो पटक ट्याब्लेट बैङ्किङ प्रारम्भ गरेको धरान शाखा प्रमुख सम्झना लामाले बताइन् । धरान–१७ रेल्वे लाइनस्थित सप्तरङ्गी नेरुडे महिला केन्द्रमा एक कार्यक्रम गर्दै ट्याब्लेट बैङ्किङबारे नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याले बताए । उनका अनुसार ग्राहकहरूलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गराउन यो प्रविधि ल्याइएको हो । यो सेवा इन्टरनेट नभएका स्थानमा पनि सेवा दिन सकिने भएको छ । यो कार्यक्रम ७ जिल्लाका १९ शाखामा सञ्चालित छ ।