ईलाममा गोरुको मासुसहित एक पक्राउ
ईलामको रोङ गाउँपालिका ४ बाट ४० किलो गोरुको मासुसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरु काट्दै गरेको सुचनाको आधारमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले राती साढे ८ बजे तेह्रथुम आठराई गाउँपालिका ५ बस्ने २१ बर्षिय टिका कन्दङवालाई जंगलको खोल्सामा गोरु काटिरहेको अबस्थामा पक्राउ गरेको हो ।
बरामद गोरुको मासुसहित कन्दङवालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखी थप अनुसन्धान भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































