पथरीशनिश्चरे । ११ साउन मोरङको पथरीशनिश्चरेस्थित ‘पथरी अनलाइन’ डिजिटल पत्रिकाले नगरका १० वटै वडाका लागि सुझाव पेटिका प्रदान गरेको छ ।

आज एक कार्यक्रमकाबीच पथरी अनलाइनका प्रवन्धक सुमन खनालले नगर उपप्रमुख यमुना बिष्ट बास्तोलालाई सुझाव पेटिका हस्तान्तरण गर्नुभयो । वडा कार्यालयमा तथा वडा क्षेत्रमा हुने विकास निर्माणका काम कारवाहीप्रतिको सुझाव तथा गुनासा सुनुवाई ग्रहण गर्ने परिपाटीको विकास गर्न सुझाव पेटिका प्रदान गरिएको खनालले उल्लेख गर्नुभयो ।

पथरी डिजिटल नेटवर्कद्वारा सञ्चालित पथरी अनलाइनले सामाजिक उत्तरदायित्व अन्तर्गत १३ हजार रुपैयाँ बराबरको पेटिका प्रदान गरिएको उहाँले जनाउनु भयो । उपप्रमुख बास्तोलाले सुझाव र गुनासा सुनुवाईलाई सहज बनाउन प्राप्त भएको सुझाव पेटिकाको उपयोगले सुशासन र पारदर्शीतामा थप सहयोग पुग्ने बताउनु भयो । उपप्रमुख वास्तोलामार्फत वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ९ का सदस्य कुरुक्षेत्र नेपाल सहितले सुझाव पेटिका बुझेर लानु भएको छ ।