ताप्लेजुङ । ताप्लेजुङमा होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सुबिधा र लगानी थपिदै गएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न नयाँ होटल खुल्ने र पुराना होटलले क्षमता तथा सुबिधा बढाउने क्रम बढेको हो । यसैक्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङमा नयाँ होटल अन्नपुर्ण सञ्चालनमा आएको छ । होटलको आज एक औपचारिक कार्यक्रमका बिच प्रदेश सभा सांसदहरु बलबहादुर साम्सोहाङ, टंक आङ्वुहाङ र होम कुमारी साँवा, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै ताप्लेजुङ उद्योग वाँणिज्य सँघका अध्यक्ष तारानाथ घिमिरेले जिल्लामा यस्ता होटलहरुमा गरिएको लगानीले सिंगो ताप्लेजुङको नै पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया, प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेत, नयाँ रणभिम गुल्मका गुल्मपती निर्मल खड्का, ससस्त्र प्रहरी बल कंचनजंघा गुल्मका प्रहरी नायव उपरिक्षक श्याम मणि ढकाल र अनुशन्धान अधिकृत दुर्गा चापागाई लगायतको उपस्थिति रहेको थियो ।
५० जनाको क्षमत्ता भएको सो होटलमा १५ वटा कोठा छन् । कोठामा फ्रि वाईफाई र तातोपानीको सुबिधा छ । तालीम हल र पार्कीङको सुबिधा पनि रहेको होटल संचालक गायत्री निरौलाले जानकारी दिए । होटलमा आठ जनाले रोजगारी पाएका छन् । आरामदायी र सुबिधायुक्त कोठाको साथै विर्यानी परिकार होटलको मुख्य बिशेषता रहेको निरौलाको भनाई छ । पछिल्लो समय ताप्लेजुङमा नयाँ होटल तथा रेष्टुरेन्ट स्थापना हुने र पुरानाले सेवा, सुबिधा, पुर्वाधार बढाउन थालेपछि होटल तथा रेष्टुरेष्ट ब्यवसायमा लगानी बढेको छ । ताप्लेजुङको पर्यटकीय तथा धार्मीक स्थल जाने तिर्थयात्रीहरुलाई लक्षित गरेर अन्य होटलहरुले समेत सेवा, सुबिधा र क्षमता बढाउँदै गएका छन् ।