भद्रपुर । मालपोत कार्यालय झापाले आर्थिक वर्षमा रजिष्ट्रेसन शुल्क बापतको राजस्व प्रतिशत लक्ष्यभन्दा ४४ प्रतिशत कम उठाएको छ ।
कार्यालयले आव ०७४।७५ मा २३ करोड २२ लाख ७८ हजारको लक्ष्य लिएकोमा वर्षको अन्तमा ३२ करोड २६ लाख ४२ हजार ८ सय २७ राजस्व सङ्कलन गरेको जनाएको छ । सङ्कलन राजस्वको १३९ दशमलव ९३ प्रतिशत हुन आउँछ । गत आव ०७३।७४मा १७ करोड ४१ लाख लक्ष्य राखेकोमा ३१ करोड ८८ लाख १ हजार ८ सय ७३ रकम सङ्कलन गरी लक्ष्य भन्दा १८३ प्रतिशतले बृद्धि गरेको थियो । कार्यालयले दिएको तथ्याङ्क अनुसार ४१ हजार १ सय ६७ ओटा कारोबार गर्दै आएकोमा आव ०७४।७५ मा ३९ हजार ७ सय ६ ओटा कारोबार गर्ने गरी विभागबाट पत्र आएकोले राजस्वमा बृद्धि भएपनि प्रतिशत भने घटेको प्रमुख मालपोत अधिकृत रोशनशङ्कर घिमिरेले जनाए ।