विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टरमा उपचार गर्न आएको एक जना गर्भवती महिलाको मृत्यु भएको छ । सामान्य टाउको दुखेर हस्पिटल आएकी भारत अरेरिया जिल्लाको कुसमाग्राम पन्चायतकी २५ वर्षिय आयूसा खातुनको शनिबार दिउँसो संजीवनी हस्पिटलमा मृत्यु भएको हो ।
थप उपचारका लागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने गरेको उक्त हस्पिटलको लापारबाहीको कारणले गर्दा विरामीको मृत्यु भएको पीडितका आफन्तको आरोप छ ।
नोवेल अस्पतामा उपचारको लागि गएका खातुनलाई दलालले बिहीबार साझ संजिवनीमा पुर्याएको आयूसाको सासु बतुलम खातुनले बताइन् । ‘बुहारीको टाउँको दुख्य भनेपछि नेपालको हस्पिटल तिर लगेको थिइम,’ उनले भनिन, ‘संजीवनीमा ल्याउने बितिकै सामन्य विरामीलाई समेत भेन्टिलेसनमा राख्यो । उपचारमा लापरबाहीले गर्दा बुहारीमको मृत्यु भयो । अस्पतालमा कार्यरत चिकित्सवले कहिले सोध्दा दिउँसो छ भन्छ कहिले मरो भन्दै मानसिक रुपमा समेत तानव दियो,’ बतुलमले भनिन् ।’
सातुनको २ छोरा र एक छोरी रहेको छ । यस अघि पनि एक महिना अगाडी हस्पिटलको लापारबाहीले गर्दा विराटनगरका नगमा खातुनको मृत्यु भएको थियो ।
यता हस्पिटलका सञ्चालक बिनायक पन्तले रिफर भएर आएको विरामीको अवस्थामा गम्भिर भएकोले उपचारको क्रममा मृत्यु भएको बताए ।
बारम्बार विभादमा पर्दै आएको संजीवनी हस्पिटलले यस अघि हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर गरेको भन्दै डाक्टरलाई ५० हजार रुपैयाँ जरिवना गरि कामबाट निकालेका थिए ।