धरान । नेपाली काङ्ग्रेसनिकट नेपाल महिला सङ्घ धरान नगरसमितिकी कार्यवाहक सभापति अञ्जना राईले राजीनामा दिएकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै नेतृत्व तहको कार्यशैलीको कारण राजीनामा दिएको बताएकी छन् । उनले क्षेत्र, जिल्ला र केन्द्रीय नेतृत्वको कार्यशैलीप्रति रुष्ट भएको विज्ञप्तिमा उल्लेख गरेकी छन् । उनले महिला सङ्घको नेतृत्व र पार्टीका नेतृत्वहरुलाई कुशल नेतृत्व चयन गरी विद्यमान विवाद समाधान गर्नको लागि पनि माग गरेकी छन् । उनले सङ्गठनमा हुने गरेको गुट, उपगुटले कसैलाई फाइदा नपुग्नेसमेत विज्ञप्तिमा जनाएकी छन् ।