इटहरी । एक नम्बर प्रदेशमा सयुक्त भूपू सैनिक एंव प्रहरी महासंघ गठन भएको छ । नेपाल,भारत बृटिस,सिंगापुर, लगायतका देशमा काम गरेको भूपूहरुलाई समेट्ने उदेश्यले महासंघ स्थापना गरीएको हो । यो प्रदेश एक भरी रहेको भूपू संस्थाहरुको छाता संगठन हो । प्रदेश एकका १४ जिल्लाको भूपूहरुको भेलाले शनिवार भूपू शैनिक किशोरकुमार राईको अध्यक्षतामा २१ सदस्य समिति निर्वाचित भएका छन । जसको उपाध्यक्षहरुमा भिमबहादुर चौहान,थमन राई,भिमप्रसाद ढकाल, र बिन्द्रमान राई रहेका छन । त्यस्तै महासचिवमा छत्रबहादुर दाहाल, सचिवमा तेजबहादुर बुर्जा मगर निर्वाचित भए । कोषाध्यक्षमा आले मगर चुनिए । त्यस्तै प्रदेश सदस्यहरुमा गम्भिरजंग राई,दाफुले शेर्पा,बमप्रसाद राई,पदम लामा,कर्णबहादुर लिम्बु,नारायाण प्रसाद लिम्बु,हर्कबहादुर राई,खगेन्द्रराज राई,अविराज राई,श्यामबहादुर लिम्बु,अर्मात तामाङ,कमला राई र कुमारी श्रेष्ठ चयन भएका छन । निर्वाचित भए संघै प्रदेश एकका अध्यक्ष किशोरकुमार राईले भूपूहरुको अधिकारका लागी लडाई लड्दै राज्यलाई सहयोग गर्ने बताए । देशलाई समस्या पर्दा हामी सघाउँछौ उनी भन्छन् । त्यस्तै भेलाले प्रदेश एकका १४ जिल्लामै संयोजकहरु तोकेको छ । उक्त संयोजकहरुले ३ महिना भित्र जिल्ला समिति बनाउँने छ । रत्न भण्डारी,नरबहादुर लिम्बु,शिवनाथ राई,गोपाल श्रेष्ठ,शसीकुमार राई,सुर्यबहादुर राई,हर्कबहादुर तामाङ,श्रीकुमार राई,हेवराज खड्का,कमला राई,अन्जना देवि राई, लक्ष्मी राई,भिमबहादुर देवान र धनमाया लिम्बुले आ आफ्नो जिल्लामा समिति तयार गर्ने प्रदेश एकका अध्यक्ष किशोरले बताए ।