यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी माङजाबुङलाई दैविक प्रकोप न्युनिकरण गर्र्ने सामग्री हस्तान्तरण गरिएको छ । जिल्लाकै सुख्खा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा आगलागी र पहिरोको जोखिम बर्षेनी बढ्दै गएको भन्दै गाउँपालिकाले प्रहरीलाई उक्त सामाग्रीहरु बितरण गरेको हो । आग्लागी नियन्त्रण गर्नको लागि आवश्यक पर्ने लाईनडोरी, टायर, गौंती, बेल्चा, फरुवा लगायतको समाग्री गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गाउँपालिकाका प्रहरी प्रमुख सई भरतकुमार थापालाई हस्तान्तरण गरेका थिए । सुख्खा मैसमको समयमा आग्लागीका घटनबाट बर्षेनी लाखैको धनजनको क्षति भईरहेको भन्दै प्रहरीलाई ‘दैविक प्रकोप उद्धारको लागि आवश्यक हुने सामाग्रीहरु गाउँपालिकाले खरित गरि हस्तान्तर गरिएको चेम्जोङले बताए । प्रहरी चौकी माङजाबुङ र इलाका प्रहरी कार्यालय यासोकलाई २७ हजार बराबरको सामाग्री बितरण गरिएको छ । दैविक बिपन्ती जस्तो अबस्थामा प्रहरी संगसंगै नागरिकले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गरे बर्षेनी बढ्दै गएको प्राकृतिक प्रकोपको रुमा रहेको आग्लागी र पहिरोलाई न्युनिकरण गर्न सकिने प्रहरी प्रमुख थापाले बताए । पाँचथरको कुम्मायक गाउँपालिका सुख्खा ग्रस्त क्षेत्र भएकाले पनि आग्लागीको उच्च जोखिममा पर्ने गरेको छ ।