यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाबाट एकमात्र सदरमुकाम जोड्ने फिदिम–यासोक सडक खण्डमा प्राबिधिक स्टमेट अनुसार काम नगरि रकम भुत्तानी लिएको स्थानीयले आरोप लगाएका छन ।
सडक मर्मत र सम्भारकाे लागि गाउँपालिकाले २० लाखको रकम बिनियोजन गरेको थियो । उपझोत्ता समिति मार्फत मर्मत सम्भार गरिएको सडक अहिले बिवादमा तानिएको छ । उपभोक्ता समितिले प्राबिधिक स्टमेट अनुसार ५१ वटा ग्याभिङ वालको १५३ घनमिटर काम गर्नुपर्ने हुन्थ्यो । तर स्टमेट भन्दा कम ३९ वटा मात्रै ग्याभिङ वालको काम गरेको छ ।
सडको जति स्तरउन्नती गर्नुपर्ने थियो त्यो नगरी बढि भुक्तानी लिएको आरोप लागेको छ । तमोर कोरिडोरमा काम गर्ने स्काभेटरले मर्मत सम्हार गरेको सडक देखाएर भुत्तानी लिएको र अनुगमन समितिको सिफारिस बिनानै भुत्तानी लिएको भन्दै तत्काल यस बिषयमा छानविन हुनुपर्ने अनुगमन समितिका सम्योजक राजु खतिवडाले बताए ।
उपभोत्ता समितिले चित्तबुदे सडक मर्मत सम्हार नगरेका कारण आफुले अनुगमन समितिको सिफारिस नबुझाउँदा समेत समितिले भुत्तानी लिएको प्रति उनले आपत्ती जनाएका छन । यता स्थानीयले पनि तमोर कोरिडोरको काम गर्दै आएको निर्माण कम्पनीले आफ्नो प्रयोजनको लागि सडक मर्मत सम्हारको काम गरेको बताएका छन ।
समितिले राम्रो काम गरेको दाबि गरेपनि गुणस्तरीय सडक मर्मत सम्हार नभएको उनिहरुले बताउँदै आएका छन । यता उपभोत्ता समितिका सचिव प्रकाश काफ्लेका अनुसार आफुहरुलाई लगाईएको आरोप झुटो भएको बताएका छन । उनले तमोर कोरिडोरको स्काभेटरलाई ज्यालामज्दुरीमा लगाएको भन्दै आपरोप लगाएको जस्तो नभएको दाबि गर्दै आएका छन ।
उता कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले पनि समितिले प्राबिधिक स्टमेट अनुसार काम नगरेको अनुगमन समितिको रिपोटको आधारमा २० लाख रुपयाँ मध्ये १६ लाख रुपयाँ मात्रै भुत्तानी दिएको बताए । अनुगमन समितिको रिपोट समयमै नआउँदा गाउँपालिका स्तरीय उपाध्यक्ष र प्राबिधिक सहितको अनुगमन समितिले रिपोटको आधारमा रकम भुक्तानी दिएको उनले बताए ।
कागजी प्रक्रिया पुरा नगरी रकम भुक्तानी गरेको भन्ने हल्ला झुटो हो, तर प्राबिधिक स्टमेट अनुसार काम नगरेको बिषय भने साँचो रहेको चेम्जोङले बताए । कुम्मायक गाउँपालिकाले पहिलो आर्थिक बर्षमा सडकमा ठुलो धनरासी खर्च गरेको थियो । तर कतिपय सडकको अबस्था निर्माण गरेको १ बर्ष पनि बित्न नपाउँदै जीर्ण भएपछि, आर्थिक बर्ष २०७५/०७६ मा भने मुख्य सडकलाई मात्रै प्राथमिक्त्तामा राखेको छ ।
अब प्राबिधिक स्टमेट अनुसार काम नगर्ने उपभोत्ता समितिलाई रकम नै भुत्तानी नगर्ने गरिको योजना बनाउँदै गरेको गाउँपालिका श्रोतले जनाएको छ । ‘समितिले काम गरे या’ नगरेको भन्ने बिषयमा कडा निगरानी राखेर अघि बढ्ने छ, यसमा कुनै शंका छैन गाउँपालिका श्रोतले भन्यो ।