पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे ८ स्थित ऐतिहासिक सोमबारे बजारको सरसफाई अभियान सुरु भएको छ ।
हप्तामा दुई घण्टा भन्ने नाराकासाथ समितिका पदाधिकारी सहितका स्थानीयले प्रत्येक सोमबार बिहान २ घण्टा आफैं बजार सरसफाई गर्ने अभियान सोमबारबाट सुरु भएको बजार व्यवस्थापन समिति अध्यक्ष नविनजंग कार्कीले जनाए । स्थानीयले कुचो लिएर बजार क्षेत्रको सरसफाई गरेका थिए ।
समितिले स्थानीयहरुसँग अन्तरक्रिया गरी बजारका पुराना टहरा भत्काएर ट्रसवाला बनाउने, कृषि बजारमा दर्ता गराउने, पार्किङलाई व्यवस्थित गर्ने, बजारलाई पूर्ण सरसफाइयुक्त बनाउने निर्णय गरेको थियो ।