इटहरी । प्रहरीले सोमबार सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित मिलन चोकबाट ६२ हजार मूल्य बराबरको अवैध कुर्ता सुरुवाल बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट बुढीखोलाबाट खटिएको टोलीले को १ ह ४५६४ नम्बरको सिटी सफारीबाट १२५ थान लेडिज कुर्ता र ५१ थान सुरुवाल बरामद गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

अवैध कपडासहित सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने उमा थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद कपडासहित थापालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ।