रङ्गेली । ‘सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय विराटनगरले एचआईभी सङ्क्रमित एकल महिला देविका राईलाई १५ हजार सहयोग गरेको छ । ‘सेभ द चिल्ड्रेनबाट आएको सहयोग रकम एचआइभी र लागु औषधका क्षेत्रमा कार्यरत सङ्घ–संस्थाहरूको सञ्जाल मोरङका अध्यक्ष सुशील रिजाल र स्पर्स नेपालका अध्यक्ष सञ्जीव खड्काले आइतबार विराटनगरमा एचआईभी सङ्क्रमित महिला राईलाई १५ हजारको चेक प्रदान गरेको हो । मोरङ बेलबारी बस्ने दुई सन्तानकी आमा राई एचआईभी एडसबाट सङ्क्रमित एकल महिला हुन् । उनको श्रीमान् मृत्यु भइसकेको छ । महिलालाई आय–आर्जन गर्न सजिलो होस् भन्ने उद्देश्यले ‘सेभ द चिल्ड्रेन’ले १५ हजार सहयोग गरेको स्पर्स नेपालका अध्यक्ष सञ्जीव खड्काले बताए । विराटनगर–११ मा स्पर्स नेपाल कम्युनिटी केयर सञ्चालन भइरहेको छ । जसलाई ‘सेभ द चिल्ड्रेन’ले सहयोग गरिरहेको छ ।