रसुवा । गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्दा कण्टेनरमा सवार चार जना मध्ये तीनकाे मृत्यु ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चेबाट टिमुरेतर्फ गइरहेको ना ६ ख ४९२९ नं को कण्टेनर गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा दुर्घटना भएकाे हाे । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको अन्य क्षतिकाे विवरण आउन बाँकी छ ।दुर्घटनामा तीनको मृत्यु, एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































