इटहरी/ नेपाली काँग्रेसको केन्द्रिय निर्देशन अनुसार सुनसरीमा नेपाली कांग्रेसले विरोध जुलुस गरेको छ । अघिल्लो दिनहरुको तुलनामा नेपाली कांग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको विरोध जुलुसमा काँग्रेस कार्यकर्ताहरुले सत्तारुड दलको विरोध जनाएका थिए ।  गाउँ-गाउँबाट आएको काँग्रेस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो । जुलुसमा सहभागी गराउन गाउँ तथा नगर कमिटिहरुले कार्यकर्ता सदरमुकाम ओसारेका थिए । जिल्लाभरबाट सदरमुकाम इनरुवा स्थित रहेको नेपाली काँग्रेस पार्टी कार्यालय पुगेको भिडले सरकार विरोधी नाराबाजी सहित बसचौकमा बिरोध जनाएको थियो । सभालाई नेपाली कांग्रेसका केन्द्रिय नेताहरु बिजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मिन विश्वकर्मा, सिताराम मेहेता सहित प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतका नेताहरुले सत्तारुड दलको विरोध गरेका थिए ।