धरान । एकसय एक जना सवार विमान मेक्सीकाेमा दुर्घटना भएकाे छ । दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान उडेकाे केही समयमा नै विमानस्थल भन्दा १० किलाेमिटरकाे दुरीमा दुर्घटना भएकाे हाे ।

विमानमा सवार १ सय १ जना यात्रु मध्ये ८५ जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य थिए । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको पुष्टी गरेकाछन् ।  उनले ८५ घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको बताएका छन् । विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।