धरान/संघीय समाजबादी फोरम नेपाल धरानका युवा नेता श्री सुब्बाले क्यामरा फिर्ता नदिएको भन्दै एक युवाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेका छन् ।
मोरङको केराबारी गाउपालिका ५ बस्ने रोजन राईले आफ्नो दुई लाख मुख्य बराबरको क्यामरा श्री सुब्बाले लगेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेका हुन् । आफन्तको विवाहका लागि भनेर क्यामेरा लगेको उजुरीमा उल्लेख छ ।
ब्लाष्टसँग कुरागर्दै रोजन राईले आफुले पटक पटक सम्पर्क गर्दा फोन नउठाउने अन्य नम्बरबाट सम्पर्क गर्दा उल्टै धम्की दिने गरेका कारण उजुरी गरेको बताए । आरोपी श्री सुब्बाले क्यामेरा आफुले भाईको लागि ब्यबस्था गरेको र रोजनबाट क्यामेरा ल्याएको स्वीकार गरे ।
मैले रोजनसँग दुई दिन दिन भित्रमा फिर्ता गर्छु भनेको छु,उनले भने जस्तो मैले धम्की दिएको छैन उनले भने ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले सुब्बालाई पक्राउ गरि कानुन अनुसार मुद्धा अगाडी बढाउने बताए ।