[caption id="attachment_90374" align="aligncenter" width="1024"] र्यालीमा सहभागिता जनाउदै कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदी[/caption]

धरान/बलात्कारीलाई मृत्युदण्ड (फासि)को सजाय माग गर्दै शनिबार विहान धरानमा युवाहरुले बलात्कार विरुद्धको र्याली निकालेका छन् ।बलात्कारका घटनाहरुलाई राजनैतिक तथा सामाजिक रुपमा संम्रक्षण गरिएकै कारण बलात्कारका घटनाहरु बढेको भन्दै ‘सर्मपण अभियान नेपाल’ नामक संस्थाको अगुवाईमा र्याली निस्कीएको थियो ।

र्यालीमा धरान उपमहानगरपालिकाकाी कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदी,महिला सञ्जालकी बरिष्ट उपाध्यक्ष चेता श्रेङ सहित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुकोपनि उपस्थिती रहेको थियो ।र्यालीमा विद्यालय पढ्ने बिद्यार्थीहरुकोपनि सहभागिता रहेको थियो ।

बलात्कारीलाई आजीवन कारबासको सटोमा मृत्युदण्ड दिनुपर्ने माग राखिएका प्लेकार्डहरु र्यालीमा प्रयोग गरिएको थियो । धरान उपमहानगरपालिका अगाडीबाट निस्किएको र्याली छाताचौक,महेन्द्र पथ हुदै भानुचौकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख मञ्जुभण्डारी सुबेदीले बलात्कार विरुद्धका हरेक कदममा उपमहानगरपालिकाको साथ रहने बताईन ।

अपराध रहित समाज निर्माण गर्न यौनजन्य हिंसाहरु नियन्त्रण गर्नु पर्ने उनले बताईन ।कोणसभामा बोल्दै महिला सञ्जालकी बरिष्ट उपाध्यक्ष चेतना श्रेङले सरकारले महिलाहरुको सुरक्षा गर्न नसकेको बताईन् । उनले बलात्कारीलाई फासिको सजाय हुनुपर्ने माग राखेकी थिइन ।