धरान/विष्फोटक पदार्थ बनाउन प्रयोगहुने सामाग्रि कारोबार गरेको अभियोगमा निमा पोङसुवालाईं प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित सभाखोलाबाट शुक्रबार दिउँसो पक्राउ परेका विक्रम घलेको वयानका आधारमा प्रहरीले पुङसुवालाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार को १ च ३२६८ नम्बरक बलेरो जीपबाट ५० किलो (२ बोरा) विष्फोटक पदार्थ सभाखोलामा बरामद गरेको थियो ।
पक्राउ परेका विक्रम घलेले निमा पुङसुवाले दिएको सामान आफुले ल्याएको बताएपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।पुङसुवाले आफुलाई पत्रकारको रुपमा चिनाउदै आएका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सीनाले संखुवासभा प्रहरीको आग्रहमा पुङसुवाई पक्राउ गरेको बताएका छन् ।