विराटनगर । बेलबारी ८ बाहुनी घर भइ हाल विराटनगर – ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर’ को  उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन् ।

आजिबन कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर संघर्ष गरेको बताउने उनले सक्रृय राजनीतिमा लागेकै कारण केही कमाउन नसकेको उनले बताए । रोग लागेपछि उपचारकै लागि भएको खेतबारी पनि बिक्रि गरिसेको उनको भनाई छ । फोक्सोबाट सुरु भएको क्यान्सर टाउकोमा सरेको उनले बताए । नेपालमा उपचार हुन नसकेपछि उनले भारतको नयाँ दिल्ली स्थित राजिब गान्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । लामो समयदेखी उपचार गराइरहेका उनले ३५ लाख रुपैया उपचारमा खर्च गरिसेको बताए । ‘अझै अन्तिम अप्रेसन बाँकी नै रहेको छ,’ उनले भने, ‘थप उपचार गर्न ५ लाख रुपैया लाग्ने भनिएको छ ।’ थप उपचार गर्न पैसा नभएकोले आफु र परिवार चिन्तित बनेको उनले बताए ।

उपचारको क्रममा पाँच सात बिगाहा जमिन थियो सबै राजनीति र उपचारमा सकियो,’ उनले भने, ‘अब आधा बिगाहा जति मात्र बाँकी छ । खानलाई पनि पुग्दैन अप्रेसनकालागि ५ लाख रुपैया कहाँबाट ल्याउने ?,’ निराश हुँदै उनले भने । हाक्की र खुल्ला स्वभावका बिक्रम तात्कालिन माअबादी केन्द्रका बुद्धिजीवि संगठनका केन्द्रिय उपाध्यक्ष हुन । उनले आफनो अन्तिम उपचारकालागि सरकारसँग सहयोग मागेपनि पाउन सकेका छैनन् । उनले भने, ‘ठूला नेताहरुले बिदेशमा गएर करोडौ खर्च गर्दा केही हुदैन तर हामीले उपचारकालागि एक दुई लाख माग्दा राज्यको फजुल खर्च हुन्छ रे ।’

दुई छोरा र एक पत्नीका धनी बिक्रमले आफु सम्पन्न परिवारको सदस्य भएपनि देशलाई सुन्दर बनाउन स्कुल पढदै देखी कम्युनिष्ट पार्टीको सदस्य बनेर सक्रृयता पुर्वक आजिबन लागिपरेको र अझै लागिपर्ने बताउँछन् । अन्तिम उपचारपछि स्वस्थ्य भएर पार्टीलाई अझै योगदान दिने उनको रहर छ । देशमा व्यवस्था फेरिएपनि अझै साँस्कृतिक क्रान्ति बाँकी नै रहेकोले मैले कम्नुनिष्ट दर्शनकालागि धेरै गर्नुछ यसैले सकेसम्म म बाँचेर थप योगदान दिन चाहन्छु’ – उनले भने ।