बिर्तामोड । रोजगारका लागि बिदेश गएका युवाको सक्रियतामा झापाको बिर्तामोड नगरपालिकालाई शववाहन प्रदान गरिएको छ ।
बिर्तामोडका युवा रामचन्द्र मैनालीको अगुवाइमा नगरपालिकालाई १९ लाख मुल्यको शव वाहन प्रदान गरिएको हो । मैनाली सहित ४० जना युवाले रकम संकलन गरी नगरपालिकालाई शबवाहन प्रदान गरेका हुन् । नगरपालिका परिसरमा आयोजित एक समारोहमा शबवाहन प्रदान गरिएको थियो ।