विराटनगर । मृत्यु भएको बच्चा डसबिनमा फाल्ने सप्तकोशी अस्पताललाई विराटनगर महानगरपालिकाले कारबाही गर्ने भएको छ । फोहोर व्यावस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट ग्रुपले निवेदन दिएपछि विराटनगर–९ रोडशेष चौकमा रहेको सप्तकोशी अस्पताललाई महानगरपालिकाले कारबाहीको तयारी अगाडी बढाएको हो ।
अस्पतालबाट सृजित फोहोर अस्पताल आफैले सावधानिक पूर्वक व्यावस्थापन गर्नुपर्ने महानगरको नियम छ । तर, गत बुधबार ग्रुपका सफाई कर्मचारीले फोहोर संकलन गर्दा सालनाल सहितको सात महिनाको बच्चा डसबिनमा भेटिका थिए । बच्चा भेटिएपछि महानरगरपालिकाले कारवाहीको तयारी थालेको विराटनगर महानगरपालिको बातावरण शाखा प्रमुख अनिता कोइराला(न्यौपाने) ले जानकारी दिइन् । ‘मरेको बच्चा डसबिनामा हालेको पाइएको छ,’ उनले भनिन्, ‘सबै प्रमाण महानगरसँग आएको अब कारवाहीको प्रक्रिया अगाडी बढनेछ ।’ सृजित फोहर जथाभाबी फाले १० हजारदेखी १ लाख रुपैयाँसम्म जरिवाना गर्ने महानगरपालिकाले जनाएको छ । मृतक बच्चा डसबिनमा फाल्ने उक्त अस्पताललाइ समेत यही अनुसार कारबाही अगाडी बढाउने बताइएको छ ।