स्थानीय डिउखोलाको ओढार भित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा सोही स्थान बस्ने ४५ वर्षकी सरिता तामाङको मृत्य भएको प्रहरी चौकी सिम्पानीले जनाएको छ ।
सरितासगै दुम्सी समात्न गएका उनको ११ वर्षीय छोरा नवल तामाङ र ८ वर्षकी छोरी पूजना तामाङ बेहोस अवस्थामा भेटिएका छन् ।
शनिबार बिहान दुम्सी समात्न ओढार भित्र पसेका तीनै जना अबेरसम्म बाहिर ननिस्केपछि घरका अन्य सदस्य र गाउँलेहरुले खोजी गर्दै जाँदा गर्दा ओढारभित्र आगोले डढेको चप्पल र कपडा भेटेपछि प्रहरी चौकी सिम्पानीमा खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी टोली खटिगई हेर्दा आमा सरितालाई मृत अवस्था तथा अन्यलाई बेहोस अवस्थामा फेला पारेका हुन् ।