धरान । भारतीय पेन्सन पेइङ अफिस धरानले बुधबार भारतीय ७२ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका अवसरमा झण्डोत्तोलन गरी मेजर सुनिल पाल लगायतका भूपू भारतीय सैनिकहरुले शहीदहरुप्रति सम्मान गारथ अर्पण गरेका थिए । कार्यक्रममा शुभकामना साट्न उपस्थित धरानका अतिथिहरुलाई मनोरञ्जन दिलाउन दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुबाट नृत्य प्रस्तुत गरिएको थियो भने भूपू सैनिकहरुका बीच पेनाल्टी सुटआउट प्रतियोगिता पनि राखिएको थियो । प्रतियोगितामा भारतीय भूपू सैनिक सङ्घ दमक पहिलो र धरान दोस्रो भएको थियो । पहिलो र दोस्रो हुनेलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पुरस्कार वितरण गरेकी थिइन् । सो अवसरमा मेजर सुनिल पालले शुभकामना मन्तव्यका क्रममा नेपाल र भारत दुई देशबीचको मित्रता शदियौंदेखि कायम रहँदै आएको बताएका थिए ।