पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा आगलागिमा परी छोरीको मृत्यु भएको छ भने आमा गम्भिर घाइते बनेकी छिन् ।
मृत्यु हुनेमा अविनारायण राईकी २१ महिनाकी छोरी सुमिता राई रहेकी छिन् । सुमिताकी आमा ३५ वर्षिया कमला राई गम्भिर घाइते भएकी छिन् ।
उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको अस्पतालले जनाएको छ ।
आगलागि बुधबार भएको थियो । कमला छोरीलाई सुताएर घाँस काट्न गएको समयमा घरमा आगो लागेको थियो । आगो लागेको थाहा पाएर फर्किदा छोरी जलिरहेको देखेपछि बचाउने क्रममा कमला गम्भिर घाइते भएकी हुन् । आगलागिको कारण खुल्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए ।