तेह्रथुम । म्याङलुङदेखि औँसी बजार सडकको सवारी भाडादर निर्धारण गरिएको छ । यस सडक खण्डमा सञ्चालित सवारी साधनहरूले यात्रुहरूसँग मनोमानी ढङ्गले भाडा लिएको भन्दै स्थानीयले फेदाप गाउँपालिका समक्ष गुसानो गरेका थिए । गाउँपालिका ट्याक्सी व्यवसायी र स्थानीयवासी बीचको वार्तापछि सवारी भाडादर निर्धारण गरिएको हो । अब म्याङलुङबाट सम्दु, ईसिबु, औँसी बजार, जलजले, शेर्मा र ओयाक्जुङ सम्मका लागि बेग्लाबेग्लै भाडादर निर्धारण गरिएको पुष्प खनालले जानकारी दिए । उनका अनुसार नयाँ कायम गरिएको भाडादर यात्रु तथा यातायात व्यवसायी मैत्री रहेको बताइएको छ ।