रङ्गेली । प्रदेश १ मा पहिलो पटक विराटनगर–४ स्थित केशरचन्द भवरलाल किया मोटरको डिलरले सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टर शुक्रबार उद्घाटन गरिएको छ । सर्भिस सेन्टरमा आएको गाडीलाई ३० मिनेट भित्रमा सर्भिस गरेर सेवाग्राहीलाई दिने डिलरका म्यानेजिङ डाइरेक्टर प्रसान्त तातेडले बताए । सर्भिस सेन्टरले विराटनगर आसपास २० किलोमिटर क्षेत्रभित्र सेवा दिने उनले बताए ।

काठमाडौंबाट दक्ष प्राविधिक ल्याएर विराटनगरमा क्यापसमेत सञ्चालन गरिएको छ । किया गाडीका सबै स्पेयर पार्टसहितको सेवा उपलब्ध भएकाले उपभोक्ताले किया गाडीको सर्भिस गराउन काठमाडौं जानु पर्ने झण्टबाट मूक्त भएको उनले बताए । ६ महिना आगाडि किया र इसुजुको स्वरुम सञ्चालनमा ल्याउँदा बाचा गरेअनुरूप वर्कसप सञ्चालनमा ल्याएको तातेडले बताए । सोरुमले अहिले कियाको विद्युतीय गाडी पनि बिक्रीका लागि राखेको छ ।