विराटनगर । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर १५ भन्सार कार्यालयको २ नम्बर ढाट नजिकबाट विराटनगर ८ का ३४ वर्षिय अजय कुमार शमालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनले बोकेको जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध डाईजेल्याब १०५ एम्पुल, एभिल २४ एभिल, फेनारगन ११५ एम्पुल नुर्फिन १०० एम्पुल, नाईट्रोसन १०० चक्की, नाईट्राभेट ४३ चक्की, स्पास्मो प्रोक्सिभन १४४ क्याप्सुल, नुर्फिन लेखिएको स्टिकर लेवल ४५३, लुपिजेसिक लेखिएको स्टिकर लेबल १७७ र ज्यलयच मोबाईल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई ७ को म्याद थप गरि अनुसन्धान गरिरहेको छ । भारतबाट म्याद नाघेको उल्लेखित प्रकारका लागु तथा मनोद्विपक पदार्थ ल्याई नेपालमा स्टीकर टाँसी अवैध रूपमा बिक्री बितरण गर्ने गरेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।