पथरी । मोरङ पथरीशनिश्चरे १, स्थीत पथरी बजारका समाजसेवी तिलक वान्तवा राई पथरीको मोरङ हस्पिटलका डाक्टरबाट दुरव्यवहार भएको बताएका छन् । शनिबारको दिन हस्पिटलमा श्रीमति बिष्णुकुमारीको स्वास्थ चेक गराउन जादा हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. रमेश बस्नेतले बिरामी जाँच्ने कोठाबाट घचेटेर बाहिर निकालेर दुरव्यवहार गरेको शुक्रबार पत्रकार सम्मेलमा उनले बताए । साउन २६ गते शनिबार राईले गोडा दुखेको आफ्नो ६३ बर्षिय श्रीमतीको ११ नम्बरको बिरामी पुर्जा लिएर डा. बस्नेतको कोठामा पस्न साथ एक्कासी तपाई को हो, कहाँ हो घर भन्दै भित्रबाट बाहिर ठेलेर निकाले पछि आफु लज्जित हुर्दै घर र्फर्केको बताए ।
उनका अुनसार डा. बस्नेतले म घरमै आएर चेक गरिदिन्छु, घर जाउँ भनेर जबाफ दिएको बताए । डाक्टर बस्नेतले अपमान गरेको छ, उसले माफी माग्नु पर्ने सम्मेलनमा माग गरेका छन् ।
हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. रमेश बस्नेत कोशी अन्ञल अस्पतालमा कार्यरत छन् । उनि शनिबार पूर्वको बिभिन्न हस्पिटलमा घण्टाैं समयमा बिरामी जाँच्न आउँने गरेका छन् । उनले बिरामीहरु चेक गर्ने अनि त्यसको रिपोट नहेरी अर्को हस्पिटल जानेले बिरामीहरुले समस्य खेप्दै आएको राईले बताए । पैसाको लोभले कति बिरामी हतारले राम्रो चेक नर्गर्ने र बिरामीको रिपोर्ट हेर्न अर्को शनिबार पर्खिनु पर्ने नभए उनको नीजि क्लनीकमा जानु पर्ने बाध्यता भएको राईले सम्मेलनमा आरोप लगाए ।
समाजसेवी राई अस अघि मोरङ हस्पिटलका लगानी कर्ता थिए । पछिल्लो समयमा उनले हस्पिटलको सेयर लगानीकर्ताहरुलाई जिम्मा दिएर घर बस्दै आएका थिए । राईका छोरी रेणुका र अम्रिता नर्सको रुपमा त्यही हस्पिटलमा काम गदैआएका छन् ।
यस बिषयमा हस्पिटलका संचालक धनश्याम कोइरालाले त्यो दिन धेरै भिड थियो, मैले बुझ्न पाइन, पहिले तिलक सर हस्पिटलको अध्यक्ष हुँदाको डाक्टर हो । तिलक सरले मलाई त्यस बारेमा केही भन्नु नै भएन त्यो ठुलो कुरा हैन, के भएको हो डाक्टर र तिलक दाईलाई राखेर कुरा गर्नुछ । डाक्टर बस्नेतको गल्ति भएमा माफी पनि माग्नु पर्छ ।