काठमाडौं । बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग राख्दैं महिलाहरुले पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन गरेका छन् । काठमाण्डाैं स्थित माइतीघरमा पेटीकोट लगाएर प्रदर्शन गर्नेहरूकाे समुहमा महिला र पुरूषका साथै तेस्राे लिंगी पनि रहेका थिए ।
यसअघि सरकारले माइतिघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरे पनि सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । उक्त स्थानमा प्रदर्शनकारीहरूले हत्या, हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्ले कार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनस्थलबाट प्रहरीले जयनारी अभियानकी शावित्री सुवेदी, तेस्रो लिंगी सन्ध्या लामाका साथै रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ ।