तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेको एक घरमा शनिबार दिउसो आग लागि हुदा तीनलाख बढिको क्षति भएको छ । स्थानीय खडानन्द गड्तौलाको दुईतले जस्तापाताको छानो भएको घरमा शनिबार दिउसो करिब एक बजे आगो लागेको हो । आगोलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र फर्निचर जलेर नष्ट भएको छ । आगलागीबाट सोही घरमा बस्दै आएका निधिकान्त दाहालको परिवार बिचल्ली भएको छ । आफ्नो घर नभएका दाहाल केही बर्ष अघि देखी श्रीमती र छोराको साथमा सोही घरमा बस्दै आएका थिए ।

घरमा लागेको आगो नगरपालिकाको दमकलको सहयोगमा, जनपथ प्रहरी, ससस्त्र प्रहरी र नेपालीको सेनाको टोलीले करिब तिन घण्टा पछि नियन्त्रणमा लिएको थियो । चार बर्षिय बालकले घरमा राखिएको पराल लाईटरले सल्काएपछि आगोलागी सुरु भएको अग्नीपिडित निधिकान्तले बताए ।

दिउसोको समय भएकाले मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।