भद्रपुर । आपराधिक घटनामध्ये झापामा यौनजन्य घटना चुनौतीको रूपमा रहेको प्रहरीले ठम्याएको छ । हालै कानून शाखाबाट सरुवा भएर झापा आएका एसपी भीमप्रसाद ढकालले यौनजन्य घटना हुन नदिन ५० भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिने योजना सुनाए । झापामा यौनजन्य गतिविधिको घट्ना बढी भएकाले पनि उनले आकस्मिक यस्तो योजना बनाएको हुनसक्ने अनुमान गरिएको छ ।
यस्ता योजना केही महिनापछि हराएर जाने यसअघिका प्रहरी प्रमुखको कार्यशैलीले प्रमाणित भइसकेको स्थानीयको आरोप छ । यौनजन्य घटना र नियन्त्रण तथा कारबाहीका लागि छुट्टै प्रहरी टोली गठन गरी परिचालन गरिने उनले जनाएका छन् । झापामा हुने अपराधिक घटनामध्ये यौनजन्य घटना प्रमुख चुनौतीका रूपमा देखिएको उनले बताए । नियन्त्रण र कारबाहीका लागि दुई सयभन्दा वढी बिशेष प्रहरी परिचालन गरिने उनले जनाए । यौनजन्य घटना हुन नदिन मात्र ५० भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिने उनको भनाइ छ । घटना बढी हुने क्षेत्रमा निगरानी बढाइने उनले बताए । रातको समयमा समेत प्रहरीले पैदल या मोटरसाइकलबाट गस्ती गरिने उनले बताए । झापा विशिष्ट जिल्ला भएकाले स्तरीय सुरक्षा व्यवस्था हुन जरुरी रहेको औँल्याए । यौनजन्य घटनासँगै तस्करी, चेलीबेटी बेचबिखन, लागूऔषधलाई समेत प्राथमिक्तामा राखिएको उनले बताए । जनतालाई अनुभूति हुने काम प्रहरीले गर्नु पर्ने अबको आवश्यक्ता रहेको उनको भनाइ छ ।
– ५० भन्दा बढी सादा पोसाकमा प्रहरी परिचालन गरिने – दुई सयभन्दा वढी बिशेष प्रहरी परिचालन गरिने – यौनजन्य घटनासँगै तस्करी, चेलीबेटी बेचबिखन, लागूऔषधको निगरानी गरिने |
भदौको पहिलो साताबाट प्रहरी परिचालन गर्नका लागि झापाका सबै प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र प्रहरी इञ्चार्जहरूलाई निर्देशनात्मक आदेश दिइसकेको उनले बताए । केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा झापाका प्रहरी इञ्चार्जहरूको बैठक बसी यौनजन्य घटना विरुद्धको पन्ध्र दिने प्रहरी अभियानको विषयमा प्रशिक्षण दिइएको बताइएको छ । झापामा असार २७ गते अर्जुनधारा नगरपालिका– ५ का चुडामणि सापकोटाले एक किशोरीमाथि बलात्कारको प्रयास गरेको, साउन १६ गते सोही नगरपालिका–२ मा १५ वर्षिया किशोरबाटै नाता पर्ने नाबालिकामाथि बलात्कार भएको, साउन २३ गते अर्जुनधारा–६ की १३ वर्षीया किशोरीमाथि स्थानीय दुई युवाले बलात्कारको प्रयास गरेको र मेचीनगरपालिका–९ स्थित मागुरमाडीमा बोल्न नसक्ने २१ वर्षियामाथि भारत दार्जिलिङ बस्ने ६० वर्षीय कर्णबहादुर लिम्बूले बलात्कार गरेको घटना छ । झापामा आर्थिक वर्ष ०७४÷७५ मा १ सय ६ जना विरुद्ध ९९ सय वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगमा ३४ जना विरुद्ध मुद्दा दर्ता भएका छन् । साउन महिनामा समेत २४ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भइसकेको कार्यालयले जनाएको छ ।