पाँचथर । खोलामा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक व्यक्ति तीन दिनमा पनि फेला पर्न सकेका छैनन् । माछा मार्न गएका कुम्मायक गाउँपालिका–४ का देवीप्रसाद लिम्बू बिहीबार बिहान बेपत्ता भएका थिए । उनी फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा र फेमे खोलाको दोभानबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । लिम्बूलाई बिहीबार नै खोलाले बगाए पनि परिवारले शुक्रबार बिहान ११ बजे मात्र खबर गरेकाले खोजी कार्यमा समस्या भएको पाँचथर प्रहरीले जनाएको छ । खबर पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले लिम्बूको खोजी कार्य शुरु गरेको पाँचथर प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले बताए । खोला धमिलो भएका कारण खोजीकार्य कठिनाइ भएको पौडेलले बताए । उनले भने, ‘लिम्बूको शव तमोर नदी हुँदै बगेको हुन सक्ने भएकाले प्रदेश प्रहरीलाई पत्राचार गरी तेह्रथुम, धनकुटालगायतका तमोर नदी किनारामा पनि खोजी गर्न आग्रह गरेका छौँ ।’
भेटिएनन् बेपत्ता लिम्बू
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































