धनकुटा । उच्चअदालत सरकारी वकीलको कार्यालय धनकुटा र सरकारी वकीलको कार्यालय धनकुटाको आयोजनामा हालै लागु भएका ऐनको बारेमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अदालत धनकुटाका न्यायाधीश विनोद कुमार पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धनकुटाका जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, धनकुटा नगरपालिकाकी उप–प्रमुख शकुन्तला बस्नेत, नेपालबार एसोशिएसन धनकुटाकी अध्यक्ष हिमा भट्राईले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै जिल्ला अदालत धनकुटाका न्यायाधीश पोख्रेलले शुक्रबारबाट जारी भएको ऐनमा के व्यवस्था छ ? कार्यान्वयनका पक्षमा समाजले कसरी लिन्छ भन्ने सबैलाई चुनौति रहेको बताएका थिए। उनले पहिलेको भन्दा खासै फरक नरहेको र ब्यक्तिको बदमासीले कानुन खराब भन्न नहुने बताए। उच्च सरकारी वकिलको कार्यालयका सह न्यायधीवत्ता मनोज कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ६ गुल्मका डिएसपी बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालयको तर्फबाट महिला कारागार धनकुटालाई एक थान ३२ इन्चको एलइडि टिभी प्रदान गरिएको थियो । नेपालमा यही भदौ १ देखि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी संहिता ऐन २०७४ र मुलुकी देवानी कार्यविधी (संहिता) ऐन २०७४ लागु भएको छ।