विराटनगर । सुरक्षा गार्डको रुपमा कार्यरत विराटनगर– ४ पिपल चौकका ५० वर्षिय टंक भट्टराईको हत्या भएको छ ।

विराटनगरको धरानरोडस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रुपमा कार्यरत भटराईको हत्या गरिएको अवस्थामा आइतबार दिउँसो शव फेला जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक भट्टराईको शरिरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए । प्रहरीको अनुसार मृतक भट्टराईको शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । उनको देव्रे आँखा समेत बाहिर निकालेको अवस्थामा शव फेला पारेको थियो । मृतक भट्टराई पसलमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।

भट्राईको शव खाटबाट भुर्इमा लडेको अवस्थामा रहेको थियो । प्रहरीका अनुसार सो क्रममा पसलका सरसमान नचलाइएको भएपनि कोठामा रहेको इन्भटर भने भुर्इमा खसेको अवस्थामा देखिएको बताइएको छ । यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि घटनामा संलग्नहरुलाई पहिचान गर्न सकेको छैन । मृतक भट्टराईका श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । परिवार स्रोतले दिएको जानकारी अनुसार शनिबार साझ भट्टरार्इले पाएको तलब बोकेर काम गर्न गएका थिए । लागूऔषध प्रयोगकर्ताहरुले मृतक भट्टराईले पैसाँ बोकेको थाँहा पाएर उनीहरुले पैसाँ लुटन हत्या गरिएको हुन सक्ने स्थानियले आशंका गरेका छन् ।

उनी विराटनगरको मुनालपथ स्थित रहेको आकाश सेक्युरेटी कम्पनीमा कार्यरत थिए । कम्पनीले पठाए अनुसार डियूटिमा भट्टराई खटिने गरेका थिए । तर, कम्पनीका संचालक दिपक गिरीले भदौ १ गतेदेखी उक्त कम्पनी छोडेको दाबी गरे । ‘बीक्की हार्डवेयरले श्रम ऐनले तोके अनुसारको तलब नदिएपछि मैले सेक्युरिटी पठाउन सक्दिन भने,’बिक्की हार्डवेयरले १/२ हजार बढी तलब दिने लोभमा आफै तलब दिएर भट्टराईलाई राख्दै आएका थिए ।’ भट्टराई आफनो डियूटि समयमा घरबाट सबेरै निस्किने गरेको परिवारले जनाएको छ ।

गएको तीनदिनमा यसक्षेत्रमा दुइवटा हत्या भइसकेको छ । 

गत शुक्रबार विराटनगर १३ विराटनगर आँखा अस्पता अगाडी घर भएकी २२ वर्षिय शिखा घिमिरेको हत्या र भट्टराईको हत्याले सुरक्षा चुनौति झन् बढ्दै गएको छ । त्यसै गरि, मोरङ प्रहरीले केही दिन अघि विराटनगर महानगरपालिकामा भएको बम विष्फोट घटनामा संलग्नलाई समेत सार्वजनिक गर्न सकेको छैन । महानगरपालिकमा भएको बम विष्फोटको घटनमा थप रहस्यमय बन्दै गएको छ । २४ घण्टा सिसी क्यामारको निगरानी रहने महानगरापालिका भित्र रहेको सिसि क्यामरामा हार्ड डिक्समा घटना घटेको त्यस्तो केही रेकर्ट नदेखिएपछि घटना थप रहस्यमय बन्दै गएको हो ।

महानगरपालिकामा दिउँसै वम विष्फोटन गराएको घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।