विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलमा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल सेवा सञ्चालनमा आएको छ । विराटनगरको महेन्द्र चौकमा सञ्चालनमा रहेको न्यूरोले तुलसा मदर एण्ड चाइल्ड अस्पतालभित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा शुरु गरेको हो । हस्पिटलले आइतबार एक कार्यक्रम आयोजना गरी उक्त सेवा शुरु गरेको बताएको छ । मुख तथा दन्तरोगसम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनी सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सेवा शुभारम्भ गरेको अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘दन्तसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट प्रदान गर्न यस्तो सेवा शुरु गरेको हो’ अपरेशनल डाइरेक्टर भट्टराईले भने, ‘अत्याधुनिक उपकरणहरुबाट विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुनेछ ।’ उनका अनुसार पहिलो प्रारम्भिक चरणमा ४० लाख रुपैयाँ खर्चमा डेन्टल सेवा शुरु गरेको भट्टराईले जानकारी दिए । डेन्टल सेवा डा.मनोज सरदार, डा. रविन आचार्य, डा. रोजिना शाक्यलगायतले प्रदान गर्नेछन् ।