विर्तामोड । वीरता जेसिजले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वनको क्षेत्रको खाली भू–भागमा वृक्षरोपण गरिएको हो । वीरता जेसिजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष जयनारायण ढुङ्गानाले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । जिल्ला वन कार्यालय झापाको सहयोगमा टिक, मलेसियन साल, मसला लगायत विभिन्न जातका एक सय बढी बिरुवा उक्त क्षेत्रमा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।