बेलबारी । संघीय मामिला तथा कानुन मन्त्री भानुभक्त ढकालले करको विषयमा विपक्षीहरुले अनावश्यक रुपमा हल्ला फिजाएको बताएका छन् । बुधवार मोरङको बेलबारीमा नेपाल कम्युनिष्ट पार्टीद्धारा आयोजित शुभकामना तथा वधाई कार्यक्रममा बोल्दै मन्त्री ढकालले सो बताएका हुन् । साईकल पसललाई लिईएको करलाई विपक्षीहरुले साईकलमै कर लगाएको भन्दै हौवा फिजाएको मन्त्री ढकालले बताएका छन् । अहिलेको सरकारको पाला देखि कर प्रणाली शुरु भएको जस्तै गरि करको हौवा फिजाएर सरकारको बदनाम गर्न लागेको प्रति त्यसता भ्रममा नपर्न मन्त्री ढकालले आह्वान पनि गरे । कार्यक्रममा कानुन मन्त्रीको हैसियतले आफूले सक्दो जनताको सेवामा समर्पित हुने बताउँदै कार्यकर्ताले पनि वैधानिक सवाललाई मात्र उठाउन सुझाव राखेका छन् । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गुरु बराल, प्रदेश सांसद राजकुमार ओझा,नेकपाकी नेत्री गीता तिम्सीना,बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, नेकपाका सुन्दरहरैंचाका नेता केदार गुरागाईंले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेकपाका नगरका नेता ईरान राईका सभापतित्वमा सम्पन्न भएको थियो ।