माेरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा सुधार ल्याएको छ । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको सङ्ख्या बढाएको छ भने २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउन कर्मचारी पनि खटाइएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन् । बिरामीलाई तुरुन्त उपचारका लागि ९ जना स्वास्थ्यकर्मीको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ परिचालन गरिएको छ । इमर्जेन्सीमा २ जना बिरामी बराबर एकजना नर्सिङ स्टाफ खटाइएको छ । इमर्जेन्सीमै भेन्डिलेटरसहितको आईसीयू कक्षको पनि व्यवस्था मिलाइएको छ । इमर्जेन्सीमा इसीजी, ल्याब परीक्षण, अल्ट्रासाउण्ड, एक्सरेलगायतको व्यवस्था गरेपछि बिरामीको उपचारमा थप सहज भएको छ ।