पानवारी । मादकपदार्थ सेवन गरी कार्यालय जाने पशु सेवा कार्यालय धरान शाखाका प्रमुखलाई धरान उपमहानगरपालिकाले सचेत गराएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले मादकपदार्थ सेवन गरेको उजुरी परेपछि उनलाई कार्यालयमा बोलाएर स्पष्टीकरण लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गल्ती नदोहो¥याउने शर्तमा एकपटकलाई स्पष्टीकरण लिएर सचेत गराएको जानकारी दिएका छन् । अयोग्य पशु चिकित्सकले ब्रोइलर कुखुराको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाण–पत्र दिएको विषयमा भने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले चिकित्सक यादवको बचाउ गरे । उनका अनुसार धरानमा पशुपन्छी हेर्ने अन्य कर्मचारी नभएकोले पशुपन्छीसम्बन्धी काम सबै पशु सेवा शाखाबाट हुन्छ । ब्रोइलरको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाण–पत्र दिने अधिकार कानूनतः बिबिएस्टी एण्ड एएच उत्तीर्ण गरी भेटेरिनरी काउन्सिलमा दर्ता भएका पशु चिकित्सकले मात्रै पाउँछन् । तर व्यापारीको मिलेमतोमा अयोग्य कर्मचारीले अहिलेसम्म ब्रोइलरको मासु खानयोग्य भएको भन्दै प्रमाण–पत्र जारी गर्ने गरेका छन् । स्रोतका अनुसार ब्रोइलर कुखुरा मधुमल्ला, लेटाङ, झापाबाट ल्याएर पनि स्थानीय कृषकको कुखुरा ल्याएको प्रमाण–पत्र बनाइन्छ र प्रशासनकै मिलेमतोमा यस्ता कुखुरा भिœयाइन्छ । जसले गर्दा बेला–बेलामा बर्डफ्लुको महामारी फैलने गरेको छ । मासुबाट विभिन्न रोगहरु फैलने गरेको चिकित्सकले बताउँदै आएका छन् ।