तेहथुम । लालीगुराँस नगरपालिका वसन्तपुरमा सूचनाको हक सम्बन्धी तीनदिने तालिम बिहीबारदेखि शुरु भएको छ । स्थानीय तहमा हुने योजनाहरुको बारेमा जानकारी लिन सजिलो होस् भनी तालिमको आयोजना गरिएको हो । नगरपालिकामा सम्पन्न हुने योजनाहरुको बारेमा जानकारी लिन सजिलो होस् भनेर तालिमको आयोजना गरेको समाजका निर्देशक कुमार विसङ्खेले बताए । तालिममा सूचना, सूचनाको हक भनेको के हो ? कसरी प्रयोग गर्ने भन्ने बारेमा छलफल भैरहेको छ । यसैगरी तालिममा सूचना माग्न सकिने निकायहरु, सूचना माग्दा लाग्ने शुल्क, नेपालको संविधान, नयाँ मुलुकी ऐनको बारेमा छलफल भइरहेको सहभागी मनु थापाले बताइन् । कार्यक्रममा सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ र कृष्ण विदुखी गौतमले सहजीकरण गरिरहेका छन् । कार्यक्रम एक्सन एड नेपालको सहकार्यमा दलित सचेतना समाज नेपाल तेह्रथुमले आयोजना गरेको हो । कार्यक्रममा लालीगुराँस नगरपालिकाका ९ वटै वडाका ४५ जनाको उपस्थिति रहेको छ ।