सिरहा/जिल्ला सिरहाको धनगढीमाई नगरपालीका वडा नं. ७ को वडा अध्यक्षका छोराले वडा सदस्यमाथि छुरा प्रहार गरेको छ ।
आफ्नो बुबालाई विनाकाममा परेशानी गरेकोभन्दै वडा अध्यक्ष गणपैत यादवको छोरा २३ वर्षिय मनोज यादवले वडा सदस्य सूरज कुमार यादवमाथि छुरा प्रहार गरेका छन् । धानखेतमा पानी पटाउन पानी तान्ने मोटर चलाएर घरतर्फ आईरहेको बेलामा मनोजले मेरो बुबालाई किन दुःख दिन्छस् भन्दै टाउकोमा छुराले हानेको वडा सदस्य सूरज कुमार यादवले बताए । सूरजको उपचार स्थानीय एक निजी क्लिनिकमा भईरहेको छन । उनको टाउकोमा गहिरो चोट लागेको क्लिनिकले जनाएको छ । छुराले काटेको भागमा ५ वटा टाँका लगाएको जनाएको छ । वडामा हुने बिभिन्न विकास निर्माणको काममा वडाअध्यक्षले मनमानी ढंगले काम गर्ने गरेकाले बेला बेलामा वडा अध्यक्षसँग विवाद हुने गरेको सूरजले बताए । उनले भने म पनि वडा सदस्य हुँ, तर वडाअध्यक्षले हामीले सिफारिस गरेको योजना कहिल्यै नपार्ने र वडाको विकास निर्माणको काममा पनि जानकारी नगराउने गरेको बताए ।
आफूहरुले खोजीनिती गर्दापनि गाली बेइजत गर्ने गरेको सूरजले बताए । धनगढीमाई नगरकार्यपालिका सदस्यसमेत रहेका स्थानीय गजेन्द्र कर्णले बनाएको घर, कम्पाउण्ड र पर्खालले चर्केको जग्गाको विषयमा भएको विवादको क्रममा कुटपिट भएको स्थानीय बताउँछन्। कर्णले घर र आफूले प्रयोग गर्ने बाटोमा लगाएको पर्खाल वडा सदस्य यादवले मंगलबार भत्काई दिएपछि बुधबार वडाध्यक्ष गणपैत यादवसहित स्थानीय छलफलका लागि भेला भएका थिए। छलफल सुरू भए लगत्तै वडा सदस्य यादव गाउँलेलाई गाली गलौज गर्दै उठेर हिँडेका थिए।