सिरहा । सिरहाको गोलबजार नपा १० बाट दुई हप्तादेखि संम्पर्क बिहिन भएकी ५५ वर्षिय कारीदेवी यादवको शव बरामद गरिएको छ ।

संम्पर्क बिहिन कारीदेवीकाे शव घरबाट करिब ३ किलाेमिटर टाढा नरहा गाँउपालिका बडा नं. १ बासघारीमा गाडिएको अबस्थामा फेला परेकाे छ ।

गत साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) बिरामी छ, छिटो हिडभन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको थियो ।

घरबाट अपरिचित व्याक्तिहरूले लगे संगै सम्पर्क  बिहिन बनेपछि त्यहाँका स्थानियले र्इलाका प्रहरी कार्यलय गाेलबजारमा  भदै ८ गते उजुरी दिएका थिए ।

प्रहरीद्वारा खाेजिकार्यमा खासै चासाे नदेखाएकाे भन्दै स्थानियले नै खाेजि गर्ने क्रममा नरहा गाँउपालिका बडा नं. १ बासघारीमा अपरिचित व्याक्तिहरू रातकाे करिब ११/१२ बजे देखापरेकाे र  त्यहाँकाे  जमिन खनिएकाेले त्यहाँ संकास्पत क्रयाकलाप हुनसक्ने जानकारी पाएपछि प्रहरीलार्इ खबर गरिएकाे थियाे ।

 कारीदेवीका श्रीमानले दाेस्राे विवाह गरेकाे र उका छाेराछाेरी नभएका  कारणा  कारीदेवीका घरमा उनि र उनका भार्इका छाेरा बस्दै अाएका  थिए ।

 

 जेठाजु रामदेव यादव र उनका  छाेरा लक्ष्मणा यादवले हत्या गरेकाे हुनसक्ने आशंकामा प्रहरीले लक्ष्मणा यादवलार्इ  पक्राउ गरेकाे छ ।

शवलार्इ पोस्टमार्टमका लागी सिराहा लगिएकाे छ ।